सन्तुष्टीको फल - ज्ञानवर्द्धक लघुकथा

जीवमा सधैँ सन्तुष्ट रहनु पर्छ। सन्तुष्ट नै सच्चा खुसीको स्रोत हो।

सन्तुष्टीको फल - ज्ञानवर्द्धक लघुकथा

कुनै समयमा एक देशमा ज्यादै अनिकाल लाग्यो। मान्छेहरू भोक भोकै मर्न लागे। त्यहि देशको एउटा सानो शहरमा एउटा धनी दयालु मानिस थियो। उसले सबै साना केटाकेटीहरूलाई दैनिक एक रोटी दिने घोषणा गर्यो। अर्को दिन, सबै केटाकेटीहरू बगैंचामा भेला भए। त्यो धनी मानिसले तिनीहरूलाई रोटी वितरण गर्न सुरु गर्यो।

रोटीहरू ठूला र साना थिए। सबै बच्चाहरू ठूलो रोटी प्राप्त गर्न एक अर्कालाई ठेल्दै थिए। केवल एउटी सानी केटी चुपचाप एक छेउमा उभिएकी थिइन् । उनी सबैले रोटी प्राप्त गरेपछि अन्त्यमा अघि बढिन्। भाडोमा एउटा सबैभन्दा सानो रोटी बाँकी थियो। उनले खुशीसाथ त्यो रोटी लिईन् अनि घर फर्किन्।

दोस्रो दिन पनि रोटीहरू वितरण गर्न सुरु गरियो। ती गरिब केटीले आज पनि सब भन्दा सानो रोटी पाईन् । जब ती केटी घर फर्किन् र रोटी भाँचिन् तब त्यो रोटीबाट एउटा मोहर निस्क्यो। उनकी आमाले भनिन् - " यो मोहर त्यो धनी मानिसलाई देऊ।" केटीले मोहर दिन दौडिन्।

धनीले उसलाई हेर्‍यो र सोध्यो, "किन आयौ?"

केटीले भनिन् - "यो मोहर तपाईले दिएको रोटीमा थियो। पीठोमा खसेको हुनुपर्दछ। म दिन त्यही फिर्ता दिन आएको, तपाइँको मोहर लिनुहोस्। "

धनीले भन्यो - 'होइन छोरी! यो तिम्रो सन्तुष्टी को इनाम हो "।

केटीले टाउको हल्लाइन् र भनिन् - "तर मैले सन्तुष्टीको फल त त्यति खेर प्राप्त गरें जतिबेला मैले रोटीको लागि धाेका खानु परेन।" 

धनी धेरै खुसी भयो। उसले उनलाई धर्मछोरी बनायाे र उसकी आमाको लागि मासिक तलब तय गरिदियाे । एउटी केटी त्यो धनी मानिसको उत्तराधिकारी बन्‍न पुगिन्।

तपाईको प्रतिकृया कस्तो छ?

like
7
dislike
0
love
1
funny
1
angry
0
sad
0
wow
0
विज्ञापनक्षेत्रम्
विज्ञापनक्षेत्रम्