पापकुंश एकादशी व्रत कथा

विष्णु पुराण्को ( ५ः३३ः४६) खण्डमा यदि कोही शिव र विष्णु फरक हुन भनि सोच्दछ भने उ सोझै नर्क जानेछ भनेर उल्लेख गरिएको छ तसर्थ यो एकादशीलाई हरेक दृष्टिकोणले एउटा अदभुत र अलौकिक फल प्राप्त हुने एकादशीकारुपमा हिन्दुधधर्मावम्वीहरुले लिने गर्दछन् ।

पापकुंश एकादशी व्रत कथा

स बर्षको दशमी को भोलीपल्टको एकादशी अर्थात् पापांकुश एकादशी महात्मेयमा स्वागत छ । नेपालका कतिपय ठाँउहरुमा दशमीको दिन टीको थाप्न आउन नभ्याउने , पर घर भएका चेलीवेटी र करकुटुम्बका लागि एकादशी देखि कोजाग्रत पूर्णिमामा को फुलपाती नसेलाउन्जेल सम्म टीको लगाउने चलन छ । कोरोना त्रासले यसवर्षको दशैं बास्तवमा नै दशैं जस्तो भएन भन्ने हामीमध्य धेरै छौं, टीका थाप्ने लर्कोहरु कम भएका छन्, निधारका उपलव्धता घटेको छ अनि बाटाघाटाहरु सुनसान छन् यद्धपी दशैंको एकखाले तिर्सना अनि संझना चाँही सबैले मनमा संगालेकै थियौं ।

आखिर यसै उसै गर्दै यस बर्षको दशैं ले पनि त बिट मार्न आँटेको छ । हिन्दु तिथीको ११औँ दिनलाई एकादशी भनिन्छ, एकादशी अर्थात दशको एकाहा अर्थात एघारौँ तिथी र यो तिथीमा वर्त वस्ने, फलाहारहरुमात्र सेवन गर्ने अनि एकादशी महात्मयको कथा सुन्ने चलन छ ।

भागवत पुरानका अनुसार भगवान विष्णुका भक्तहरु अर्थात वैष्णवहरुकालागी यस्ता एकादशीले विशेष महत्व राख्दछ । दशैको टीकाको भोलीपल्टपर्ने यो एकादशीको पनि आफ्नो विशेष महत्व छ । दुर्गा भवानीको अर्चना गरिएको नवरात्रि पछि ठ्याक्कैपर्ने यो एकादशीको नाम अनुसार पाप गर्नेहरुलाई नाश गर्ने एकादशीकारुपमा प्रख्यात छ । पर घर भएका आफन्त, छोरीचेली अनि ढिलो आउने मान्छेहरुलाई आजवाट कोजाग्रत पूर्णिमा सम्म दशैको टीका र जमरा लगाइदिने चलन धेरै ठाँउमा छ, आजको दिन पनि घरघरमा टीका थाप्न जानेहरुको विशेष चहलपहल रहन्छ । यस एकादशीको वारेमा भगवान श्रि कृष्ण र यूधिष्ठीर विचको संवादमा वर्णन पाइन्छ, कृष्णका अनुसार यस एकादशीमा व्रत वसेर भगवानको उपासना गर्नाले भगवान पदमनभको कृपाले सम्पूर्ण पापहरु मोचन हुनेछ । विष्णु सहस्त्रनाम अनि श्रि राम र श्रि कृष्णको अश्तोतरा श्रवण या अध्यन गर्ने अनि यस एकादशीमा तिर्थाटन गर्नु एकदमै महत्वपूर्ण रहेको वताइएको छ । यस्ता दिनमा व्रत वसेर भक्ति अनुष्ठान गरेमा गंगा, गया, काशी या पुस्कर नदिस्नान भन्दापनि धेरै गुण धेरै फल पाइने कुरा कृष्णले उल्लेख गर्नुभएको छ । दिउँसोको समयमा व्रत वस्ने र भगवानको भजन गर्दे रातीपनि जाग्राम वसेर हरि किर्तन गरेमा धेरै पुन्य मिल्ने र मृत्यूपर्यन्त पनि भगवान विष्णु को पाउकमलमा मोक्ष मिल्ने वताइन्छ । यो एकादशी विष्णु भक्त वैष्णव अनि शिवभक्तहरु दुबैका लागी उक्तिकै महत्वपूर्ण छ ।

विष्णु पुराण्को ( ५ः३३ः४६) खण्डमा यदि कोही शिव र विष्णु फरक हुन भनि सोच्दछ भने उ सोझै नर्क जानेछ भनेर उल्लेख गरिएको छ तसर्थ यो एकादशीलाई हरेक दृष्टिकोणले एउटा अदभुत र अलौकिक फल प्राप्त हुने एकादशीकारुपमा हिन्दुधधर्मावम्वीहरुले लिने गर्दछन् ।

विहानै उठेर नुहाइधुवाई चोखो कपडा लगाएर व्रतको प्रारम्भ गरिन्छ, पूजावाठ अनि मन्दिरदर्शन पश्चात यस एकादशीको एकादशी महिमा सुन्ने चलन रहेको छ । भक्तिपूर्णरुपमा महिमा श्रवण गरिसकेपछि केही अन्न र गेडागुडी विहिन फलाहारहरु या फलफूलहरु सेवन गर्ने चलन छ । आजको एकादशीमा वर्त वस्नाले मामाघर तर्फवाट दश पुस्ता, पितृकुल तर्फवाट दश पुस्ता र श्रिमती या श्रिमानको कुलतर्फवाट दब पुस्ता पितृहरुले वैकुन्ठ प्राप्त हुने जनविश्वास रहेको छ ।

आजको दिन सुन, तिल, जौ, अन्न, भुमी, छाता अनि जुत्ता दान गर्नाले मनुष्यलाई मृत्यूपर्यन्त स्वर्गलोक प्राप्त हुने जनविश्वास रहेको छ । मानिसहरु भनेको सजीव र सामाजिक प्राणी हुन् तसर्थ आफूसँग भएको थोरैतिनो जे भएपनि गक्षअनुसार गरिव अनि दुख्खीहरुलाई दान गर्न धर्मशास्त्रले पे्ररित गरेको छ, दुख्खीको सेवा भन्दा ठूलो पराक्रम अरु संसारमा केही छैन । आजको दिन सहयोगी भएर, अरुको मुहारमा हाँसो ल्याउन सक्ने काम गरेर वितोस, हामीसबैलाई शुभकामना।

स्रोतः हाम्रो पात्रो

तपाईको प्रतिकृया कस्तो छ?

like
4
dislike
0
love
0
funny
0
angry
0
sad
0
wow
0
विज्ञापनक्षेत्रम्
विज्ञापनक्षेत्रम्