मलमास (अधिकमास /क्षयमास) भनेको केहो ??

अधिकमास हरेक ३२ महिना १६ दिन १ घण्टा, ३६ मिनेटपछि आउँछ भने क्षयमास घटिमा १९ वर्ष र बढिमा ४१ वर्षमा एक पटक आउने गर्दछ ।

मलमास (अधिकमास /क्षयमास) भनेको केहो ??

उटै महिनामा दुईवटा औंसी परे भने त्यसलाई मलमास भनिन्छ । हाम्रो पूर्वीय  ज्योतिष शास्त्रअनुसार २०७७ साल असोज २ गतेबाट मलमास सुरु भई असोज ३० गतेसम्म रहने छ । यसरी मासको अर्थ महिना हो । खासमा यसको नाम मलमास मात्र नभई  अधिक मास पनि हो ।

यसलाई अरु विभिन्न नाम जस्तै पुरुषोत्तम मास पनि भनिन्छ । अतः पञ्चांग गणनाको सूर्यमान अनुसार वर्षमा ३६५ दिन, १५ घडी, ३१ पला र ३० विपला हुन्छ जब कि चन्द्रमान अनुसार वर्षमा ३५४ दिन, २२ घडी, १ पला र २३ विपला हुन्छ ।
सूर्य तथा चन्द्रमानबीच वर्षमा १० दिन ५३ घडी, ३० पला एवं ७ विपलाको अन्तर हुने गर्छ । यसै अन्तरलाई समायोजित गर्नका लागि अधिक मासको व्यवस्था गरिएको पाइन्छ । अधिक मास प्रत्येक तीन वर्षमा एकपटक आउँछ । यो फागुनदेखि कात्तिकको बीचमा पर्ने गर्छ । जुन वर्ष अधिक मास पर्छ त्यो वर्ष १२ को स्थानमा १३ महिना हुन्छ ।

अधिक मासको निर्णय सूर्य संक्रान्तिको आधारमा गरिन्छ । जुन महिनामा सूर्य संक्रान्ति हुँदैन त्यसलाई अधिक मास भनिन्छ । ज्योतिषशास्त्र अनुसार जुन चन्द्रमास भित्र सूर्य संक्रान्ति पर्दैन त्यसलाई अधिकमास भनिन्छ । त्यस्तै कुनै चन्द्रमास भित्र दुई वटा सूर्य संक्रान्ति परेमा त्यसलाई क्षयमास भनिन्छ । अधिकमास हरेक ३२ महिना १६ दिन १ घण्टा, ३६ मिनेटपछि आउँछ भने क्षयमास घटिमा १९ वर्ष र बढिमा ४१ वर्षमा एक पटक आउने गर्दछ । बि.सं. २०७७ मा असोजमा मलमास परेकाले दसैँ , तिहार र छठ लगायत चाडपर्वहरू पछि सरेका छन् । घटस्थापना कार्तिक १ गते , बिजया दशमी कार्तिक १० गते , भाइटीका मङ्सिर १ गते र छैठ पर्व  मङ्सिर ५ गते  रहेको पञ्चाङ्गमा उलेख गरिएको छ।

जब चन्द्रमा अनुसार महिनाहरुको गणना हुन्छ । अनि १२ महिना मिलेर एक सौरवर्ष भन्दा झण्डै १० दिनको घटी हुन्छ र तीन–तीन वर्षमा कुनै न कुनै राशी अन्तरगत नै उसको आरम्भ एवं अन्तमा दुई पूर्णिमा अथवा दुई अमावश्य हुन जान्छ, यस्तो अवस्थामा नेपाली पचाङ्गमा अधिकमास, पुरुषोत्तम वा मलमास भनिन्छ । यसमा बुझ्नुपर्ने  कुरा के रहेको छ भने खासगरीकन १२ महिनामा मंसिर, पुस र माघ महिनामा भने पुरुषोत्तम महिना पर्दैन । यसरी अरु बाँकी ९ महिनामा मात्र पुरुषोत्तम महिना पर्दछ । यसरी अधिकमास वि.सं. २०३९ सालमा असोज र फागुन महिनामा दुईपटक परेको थियो भने त्यस्तै गरी अब आउने वि.सं.२०८५ सालको कार्तिक र चैत महिनामा पर्ने कुरा स्पष्ट छ ।

बृहन्नारदीय पुराणमा उल्लेख भएअनुसार अधिकमासको उत्पत्ति १२ महिनाको मयलहरु जम्मा भएर भएको देखिन्छ । तर स्वयं विष्णुले नै आफ्नो पुरुषोत्तम भन्ने नामबाट यस महिनाको नामाकरण गररेको हुनाले यतिबेला गरिएको यज्ञ, अनुष्ठान, व्रत उपवास आदि कर्मबाट अनन्तगुणा बढी प्रतिफल पाइने विश्वास छ । यो पुराणमा उल्लेख अनुसार हाम्रो मयलबाट उत्पन्न भएकोले तेरो स्थान हाम्रो सरह हुनुहुँदैन भनी अन्य सबै महिनाहरुले घृणा गर्न थालेकाले एक पटक मलमास रुँदै भगवान् विष्णुको शरणमा पुगेको थियो । उसको दुःख पुकारा सुनिसकेपछि विष्णुले यस महिनालाई घृणा होइन सबैले सम्मान गरुन् भन्ने उद्देश्यले पुरुषोत्तममासको नामाकरण गरी विशेष धार्मिक महत्व प्रदान गर्नुभएको थियो । त्यसैले त्यतिवेलादेखि हालसम्म बिभिन्न काम्यकर्महरु वाहेक केवल  भागवानको भक्ति गर्दै  विशेष पुण्य प्राप्तीको लागि यति बेला विभिन्न ३३ नामबाट भगवान् विष्णुको पूजा गर्दै  आइएको पाइन्छ । पूरा महिनाभर भगवान् विष्णुको पूजा गरी अन्तिम दिन विष्णुको पूजा गरिएको सोही ३३ नाममा ३३ वटा मालपूआ दान गर्नाले अनन्त पुण्य मिल्ने विश्वास लिइन्छ । यो तल उल्लेखित ३३ नामको महिनाभरी नै दिनको एकपटक पूजा तथा पाठ गर्नाले धेरै पुण्य पाउने कुरा धार्मिक शास्त्रमा उल्लेख भएको पाइन्छ ।

उक्त ३३ नाम यस प्रकार उल्लेख छ । विष्णवेनमः, जिष्णवेनमः, महाविष्णवेनमः, हरयेनमः, कृष्णायनमः, अब्जनाभयनमः, केशवायनमः, माधवायनमः, रामायनमः, मधुसुदनायनमः, अच्युतायनमः, पुरुषोत्तमायनमः, गोविन्दायनमः, वामनायनमः, त्रिविक्रमायनमः, संकर्षणायनमः, श्रीकण्ठायनमः, बैकुण्ठायनमः, नारायणायनमः, अनिरुद्धायनमः, प्रद्युम्नायनमः, जनार्दनायनमः, दामोदरायनमः, श्रीपतयेनमः, वासुदेवायनमः, नृसिंहायनमः, शेषशायिनेनमः, पृश्निगर्भायनमः, उरुक्रमायनमः, श्रीधरायनमः, गोपीजनवल्लभायनमः, गोपालायनमः र गोलोकाधिपतयेनमः ।

                                                                                                                संकलक सम्राट गौतम 

तपाईको प्रतिकृया कस्तो छ?

like
6
dislike
0
love
0
funny
0
angry
0
sad
0
wow
0
विज्ञापनक्षेत्रम्
विज्ञापनक्षेत्रम्