इन्दिरा एकादशीको कथा र व्रत विधि

यो व्रत पितृ उद्धारको लागि लिने गरिन्छ।

इन्दिरा एकादशीको कथा र व्रत विधि
पैतृक पक्षमा पर्ने यस एकादशीको उपवासलाई इन्दिरा एकादशी भनिन्छ। अरूका तुलनामा यो एकादशी धेरै विशेष मानिन्छ। आश्विन महिनाको कृष्णपक्षको एकादशीमा पर्ने यस एकादशीलाई इन्दिरा एकादशी नामले चिनिन्छ।
यस पटक यो मिति भदौ महिनाको २८ गते आइतवार अर्थात् आज परेको छ। शास्त्र अनुसार यो उपवास पितृ उद्धारको लागि गरिन्छ। यो उपवासको बारेमा महाभारतमा समेत उल्लेख गरेको पाइन्छ । यस दिनमा गरिने उपवासको महत्व भगवान् कृष्ण आफैले धर्मराज युधिष्ठिरलाई बताउनुभएको छ।
पुराणहरूमा बताइएअनुसार यस उपवासको पालन गरे मानिसहरू यमलोकबाट स्वतन्त्र हुन्छन्। यस उपवासको प्रभावले मानिसहरूले यमलोकको यातनाको सामना गर्नु पर्दैन। श्राद्ध पक्षमा आउने यो एकादशीको पुण्य पितृहरूलाई दिइयो भने, नरकमा परेका पितृहरू पनि नरकबाट स्वतन्त्र भएर स्वर्ग जान्छन् भन्ने पौराणिक वाक्यहरूले बताएका छन् । यस विषयमा पुराणमा एउटा चाखलाग्दो कथा पाइन्छ । हामी तपाईंलाई त्यो छोटो कथा र व्रतविधि पनि बताउँदछौं -
पौराणिक कथा अनुसार सत्युगमा महिष्मती नामको शहर रहेको थियो। जसका राजा इन्द्रसेन थिए। इन्द्रसेन एकदम प्रतापी राजा थिए। राज्यमा प्रजाहरू एकदमै सुखी र खुसी थिए। ती राजाको राज्यमा कसैलाई पनि केहीको अभाव थिएन। राजा भगवान् विष्णुको परम भक्त थिए।
एक दिन अचानक नारद मुनिको राजा इन्द्रसेनको सभामा आगमन भयो। नारद मुनि राजाका बुबाको सन्देश लिएर आउनु भएको थियो। राजाका बुबाले पठाएको सन्देश अनुसार उनी पहिलेको जन्ममा केहि गल्तीले गर्दा यमलोकमा जनुपरेको थियो। यमलोकबाट स्वतन्त्र हुन उनका छोराले इन्दिरा एकादशी व्रतको पालना गर्नुपर्नेछ, ताकि उनले मुक्ति पाउन सक्दछन्।
बुबाको सन्देश सुनेपछि राजा इन्द्रसेनले नारद मुनिलाई इंदिरा एकादशी व्रतको बारेमा छोटो जान्कारी दिन अनुरोध गरे। नारदजीले भन्नुभयो कि यो एकादशी आश्विन महिनाको कृष्णपक्षको एकादशी तिथिमा पर्दछ। एकादशी तिथि भन्दा अघि, दशमीमा पितृहरुको श्रद्ध गरेपछि एकादशीको उपवासको संकल्प गर्नुपर्दछ।
नारदजी अझ बताउनुहुन्छ - द्वादशीमा नुहाएपछि भगवान विष्णुको पूजा गर्नुपर्छ र ब्राह्मणहरुलाई भोजन गराउनु पर्छ। त्यस पछि, व्रत तोड्नुपर्छ। नारदजी - भन्नुहुन्छ यस प्रकार उपवास गर्दा तपाईंको बुबाले मुक्ति पाउनुहुनेछ र उहाँ श्रीहरिको चरण प्राप्त गर्नुहुनेछ।
राजा इन्द्रसेनले नारदजीको उपदेशअनुसार इन्दिरा एकादशीको पूरा गरे। जसका कारणले उनका बाबुले मोक्ष प्रप्त गरे र बैकुण्ठ गए। राजा इन्द्रसेनले पनि इन्दिरा एकादशी व्रतको प्रभावले मृत्यु पछि बैकुण्ठ प्रप्त गरे।
कथाको तात्पर्य यो हो कि एकादशीको एकदिनको व्रतले मुक्त हुने होइन। आजन्म गरेका पाप र कुकर्मका शोधनका लागि जसले हरिको नाम लिई व्रतादि कर्म गर्छ जसको प्रभावे उसको चित्तवृत्तिमा सुविचार पैदा भई ऊ असल काममा उद्यत हुन्छ। सुविचारले व्यवहारमा शुद्धता ल्याउनाले बाँचुन्जेल र मरेपछि पनि उसको मनमा क्लेश रहँदैन र ऊ भवसागरबाट तर्छ।

तपाईको प्रतिकृया कस्तो छ?

like
4
dislike
0
love
0
funny
0
angry
0
sad
0
wow
1
विज्ञापनक्षेत्रम्
विज्ञापनक्षेत्रम्