चाणक्यनीति (शास्त्रमन्थन २)

दुष्टा भार्या शठं मित्रं भृत्यश्चोत्तरदायकः। ससर्पे च गृहे वासो मृत्युरेव न संशयः ।।

चाणक्यनीति  (शास्त्रमन्थन २)

प्रीय पाठकहरू !

अाचार्य चाणक्यकाे सर्वाेत्कृष्ट कृति चाणक्यनीतिकाे पाक्षिक शृङ्खलाअन्तर्गत याे दाेस्राे भाग- 

दुष्टा भार्या शठं मित्रं भृत्यश्चोत्तरदायकः।

ससर्पे च गृहे वासो मृत्युरेव न संशयः ।।६।।

दुष्ट स्वभाव भएकी आफ्नी स्त्री, मूर्ख मित्र, मालिकसँग मुखमुखै लाग्ने सेवक र सर्प भएको घरमा वास यी सबै मृत्यु समान हुन्छन् । यिनमा कुनै सन्देह छैन ।।६।।

 

आपदर्थे धनं रक्षेद्दारान् रक्षेद् धनैरपि।

आत्मानं सततं रक्षेद्दारैरपि धनैरपि ।।७।।

आपत्–विपद्का लागि धनको रक्षा गरोस्, धनले स्त्रीको रक्षा गरोस् । स्त्री र धनले सधैँ आफ्नो रक्षा गरोस् । अर्थात् सबैतिरबाट आपत्ति आइलागेको अवस्थामा दुवैको सहायताले आफ्नो रक्षा गरोस् ।।७।।

 

आपदर्थे धनं रक्षेच्छ्रीमतां कुतः किमापदः।

कदाचिच्चलिता लक्ष्मी संचिताऽपि विनश्यति ।।८।।

आपत्–विपद्का लागि धनको रक्षा गरोस् किनकि धनीलाई कहाँबाट आपत्ति आउँछ र ? यदि कुनै दिन लक्ष्मीले बास छोडिन् भने संग्रह गरेर राखिएको धन पनि विनाश भएर जान्छ ।।८।।

 

यस्मिन् देशे न सम्मानो न वृत्तिर्न च बान्धवाः।

न च विद्यागमोऽप्यस्ति वासस्तत्र न कारयेत् ।।९।।

जुन ठाउँमा अथवा देशमा मान–सम्मान, जीविकोपार्जनको कुनै माध्यम, परिवारजन (इष्टमित्र) र विद्याप्राप्तिको कुनै अवसर नै छैन भने त्यस्तो स्थानमा बस्नु उपयुक्त हुँदैन ।।९।।

 

धनिकः श्रोत्रियो राजा नदी वैद्यस्तु पञ्चमः।

पञ्च यत्र न विद्यन्ते न तत्र दिवसे वसेत ।।१०।।

धनवान् व्यक्ति, ब्रह्मनिष्ठ ब्राह्मण, राजा, नदी र वैद्य यी पाँच जहाँ हुँदैनन् अथवा छैनन् त्यहाँ एक दिन पनि नबसोस् ।।१०।।

 

लोकयात्रा भयं लज्जा दाक्षिण्यं त्यागशीलता।

पञ्च यत्र न विद्यन्ते न कुर्यात्तत्र संगतिम् ।।११।।

जीविकोपार्जन, कुनै पनि प्रकारको डर नभएको, लाज, दया, दान गर्ने प्रवृत्ति अर्थात् त्यागी भावना यी पाँच मानवमा हुनुपर्ने गुण हुन् । यी पाँच गुण जसमा छैनन् त्यस्ताको संगत कहिल्यै नगर्नू ।।११।।

 

जानीयात्प्रेषणे भृत्यान् बान्धवान् व्यसनागमे ।

मित्रं याऽपत्तिकालेषु भार्या च विभवक्षये ।।१२।।

घर पठाउँदा– आफ्नो सेवकलाई, संकटको अवस्थामा– आफन्तहरुलाई, आपद्–विपद्मा– मित्रलाई र धन नभएको अवस्थामा– स्त्रीलाई चिन्नुपर्दछ । अर्थात् माथि बताईएका अवस्थाहरुमा तिनीहरुको राम्रोसँग ज्ञान हुन्छ ।।१२।।

 

आतुरे व्यसने प्राप्ते दुर्भिक्षे शत्रुसंकटे।

राजद्वारे श्मशाने च यः त्तिष्ठति स बान्धवः ।।१३।।

बिरामी हुँदा, दुःख–संकट पर्दा, अनिकालको अवस्थामा, शत्रुको डर हुँदा, राजाको नजीक हुँदा र स्मशानघाटमा समेत जो साथै रहन्छ, त्यो मित्र हो । बन्धु–बान्धव, इष्टमित्र जे भने पनि त्यही नै हो ।।१३।।

 

यो ध्रुवाणि परित्यज्य ह्यध्रुवं परिसेवते।

ध्रुवाणि तस्य नश्यन्ति चाध्रुवं नष्टमेव तत् ।।१४।।

जसले निश्चित अथवा शाश्वत् सत्य अथवा प्राप्त कुरालाई छाडेर अनिश्चित–असत्य–अप्राप्त वस्तुहरुको साधना गर्दछ अर्थात् ती वस्तु प्राप्तीको चेष्टा गर्दछ भने त्यस्ता व्यक्तिहरुको अनिश्चित वस्तुहरु त नाश हुन्छन् नै निश्चित कुराहरु पनि नष्ट हुन्छन् ।।१४।।

 

वरयेत्कुलजां प्राज्ञो निरूपामपि कन्यकाम्।

रूपवतीं न नीचस्य विवाहः सदृशे कुले ।।१५।।

कुरुपा नै किन नहोस् बुद्धिमान् मानिसले राम्रो कुलकी स्त्रीलाई नै रोज्नु पर्दछ । अत्यन्त राम्री भएता पनि नराम्रो कुलकी स्त्री कदापि विवाह नगरोस् । किनकि समान कुलमा मात्र विवाह गर्नु उत्तम मानिन्छ ।।१५।।

 

तपाईको प्रतिकृया कस्तो छ?

like
0
dislike
0
love
0
funny
0
angry
0
sad
0
wow
0
विज्ञापनक्षेत्रम्
विज्ञापनक्षेत्रम्