चाणक्यनीति (शास्त्रमन्थन- २)

यस्मिन् देशे न सम्मानो न वृत्तिर्न च बान्धवाः। न च विद्यागमोऽप्यस्ति वासस्तत्र न कारयेत् ।

चाणक्यनीति  (शास्त्रमन्थन- २)

- सूर्यवाणी 

हाल पाकिस्तानको रावलपिण्डी नजिकै पर्ने प्राचीन तक्षशिला राज्यमा एक जना आचार्य थिए । उनकाे नाम उतिबेला संसार भरका विद्वान्हरूमध्ये अग्रणी स्थान थियाे । तात्कालीन तक्षशिलाका सम्राट् चन्द्रगुप्त मौर्यका सल्लाहकार समेत रहेका चाणक्यकाे वास्तविक नाम विष्णुगुप्त माैर्य हाे ।

चाणक्य उतिबेलाकाे तक्षशिला राज्यका राजपण्डित तथा तक्षशिला विश्वविद्यालयका आचार्य, दार्शनिक तथा महान सम्राट् थिए। उतिबेला तक्षशिला राज्यमा नन्द वंशको नाश गरेर चन्द्रगुप्त मौर्यलाई राजा बनाएका थिए । उनी राजनीति र कूटनीतिका कुशल ज्ञाता समेत थिए भन्ने इतिहासहरूमा पाइन्छ।

चाणक्यले साेही परिवेशमा अर्थशास्त्र, राजनीति, अर्थनीति, कृषि, समाजनीति आदिका महान ग्रन्थहरू रचना गरेर तक्षशिलाकाे छुट्टै महत्ता स्थापित गराएका थिए । उतिबेलाकाे अर्थशास्त्र मौर्यकालीन समाजको दर्पण मानिन्छ ।

विष्णुपुराण, भागवत आदि पुराणहररूसँगै बौद्ध ग्रन्थहरूमा समेत चाणक्यको कथा भेटिने गरेको छ। उनै चाणक्यकाे अहिले पनि उत्तिकै चर्चामा रहेकाे चाणक्य नीतिकाे संस्कृतमा रहेकाे श्लाेकहरू तथा तिनका नेपाली भावानुवाद यहाँहरूलाई  साप्तहिक रूपमा पस्कने काेशिस गर्नेछाैँ । पाठकहरूकाे रूचि र प्रतिक्रिया हेरेर यसकाे निरन्तरतामा जाेड दिनेछाैँ ।

 

दुष्टा भार्या शठं मित्रं भृत्यश्चोत्तरदायकः।

ससर्पे च गृहे वासो मृत्युरेव न संशयः ।।६।।

दुष्ट स्वभाव भएकी आफ्नी स्त्री, मूर्ख मित्र, मालिकसँग मुखमुखै लाग्ने सेवक र सर्प भएको घरमा वास यी सबै मृत्यु समान हुन्छन् । यिनमा कुनै सन्देह छैन ।।६।।

 

आपदर्थे धनं रक्षेद्दारान् रक्षेद् धनैरपि।

आत्मानं सततं रक्षेद्दारैरपि धनैरपि ।।७।।

आपत्–विपद्का लागि धनको रक्षा गरोस्, धनले स्त्रीको रक्षा गरोस् । स्त्री र धनले सधैँ आफ्नो रक्षा गरोस् । अर्थात् सबैतिरबाट आपत्ति आइलागेको अवस्थामा दुवैको सहायताले आफ्नो रक्षा गरोस् ।।७।।

 

आपदर्थे धनं रक्षेच्छ्रीमतां कुतः किमापदः।

कदाचिच्चलिता लक्ष्मी संचिताऽपि विनश्यति ।।८।।

आपत्–विपद्का लागि धनको रक्षा गरोस् किनकि धनीलाई कहाँबाट आपत्ति आउँछ र ? यदि कुनै दिन लक्ष्मीले बास छोडिन् भने संग्रह गरेर राखिएको धन पनि विनाश भएर जान्छ ।।८।।

 

यस्मिन् देशे न सम्मानो न वृत्तिर्न च बान्धवाः।

न च विद्यागमोऽप्यस्ति वासस्तत्र न कारयेत् ।।९।।

जुन ठाउँमा अथवा देशमा मान–सम्मान, जीविकोपार्जनको कुनै माध्यम, परिवारजन (इष्टमित्र) र विद्याप्राप्तिको कुनै अवसर नै छैन भने त्यस्तो स्थानमा बस्नु उपयुक्त हुँदैन ।।९।।

 

धनिकः श्रोत्रियो राजा नदी वैद्यस्तु पञ्चमः।

पञ्च यत्र न विद्यन्ते न तत्र दिवसे वसेत ।।१०।।

धनवान् व्यक्ति, ब्रह्मनिष्ठ ब्राह्मण, राजा, नदी र वैद्य यी पाँच जहाँ हुँदैनन् अथवा छैनन् त्यहाँ एक दिन पनि नबसोस् ।।१०।।

क्रमशः

तपाईको प्रतिकृया कस्तो छ?

like
0
dislike
0
love
0
funny
0
angry
0
sad
0
wow
0
विज्ञापनक्षेत्रम्
विज्ञापनक्षेत्रम्