अभिज्ञानशाकुन्तलमा सूक्ति—सौन्दर्य

कसैको लोकमा छैन एकैनास समुन्नति । अरुको के कुरा हेर सन्ध्यामा सूर्यको गति ।।

अभिज्ञानशाकुन्तलमा सूक्ति—सौन्दर्य


                                                                                                                       सहप्रा. गुरुप्रसाद कोइराला

                                                                                                                               इटहरी, सुनसरी ।

१. विषय परिचय 
 विश्ववाङ्मयमा संस्कृत भाषावाङ्मयले आºनो प्रतिष्ठा उच्च बनाउन सफल रहेको छ । यसभित्रका वैदिक तथा लौकिक संस्कृतका कृतिहरू अथाह ज्ञानराशीले भरिपूर्ण छन् । तिनमा सामाजिक, आर्थिक, राजनैतिक आदि विषयका मननीय विचारहरू पर्याप्त मात्रामा पाइन्छन् । हामी मानव सामाजिक प्राणी भएकाले यस किसिमका सम्पूर्ण विचारहरू हाम्रा लागि प्रेरक र दिशानिर्देशक हुन सक्छन् । यसै सन्दर्भमा संस्कृत भाषासाहित्यका कवि कालिदासका कृतिहरूलाई पनि जोड्न सकिन्छ । यिनका कृतिहरू केवल काव्यकला र काल्पनिकतायुक्त मात्र नभएर सामाजिक, व्यवहारिक शिक्षा दिन सक्ने खालका पनि छन् । यिनका कृतिमध्ये नाट्यकृतिहरू सूक्तिसौन्दर्यका लागि सर्वाधिक सफल देखिन्छन् । नाट्यकृतिमा पनि अभिज्ञानशाकुन्तलका नैतिक आदर्शपूर्ण सुभाषित उक्तिहरूले काव्यसौन्दर्य उत्कर्षमा पुर्याएका छन् । 


२. संस्कृत वाङ्मय 
  विश्ववाङ्मयमा देववाणी उपनामले प्रसिद्ध संस्कृत भाषालाई विपुल ज्ञानभण्डारपूर्ण भाषा मानिन्छ । यस भाषाका सर्जकहरू गुरुकुलीय परम्परामा रमाउने ऋषिमहर्षि थिए । जसले आफ्नो एकान्त वासबाट गम्भीर ज्ञानरासीयुक्त कृतिहरू संस्कृत वाङ्मयलाई प्रदान गरे । उनीहरूका कृतिमा पाइने नयाँ नयाँ अनुसन्धानमूलक ज्ञानरासी पछि विकसित भाषाका कृतिहरूबाट विरलै पाइन्छ । त्यस वेला अध्ययन अनुसन्धान गर्ने रीति प्रविधि ऐकान्तिक, प्राकृतिक वातावरण सापेक्ष हुन्थ्यो । त्यसैले दिव्यज्ञान र खोजपूर्ण तथ्यहरू उनीहरूका कृतिमा हुन्थे । अहिले पाश्चात्य विद्वान्हरू पनि नया“ तथ्यको खोज र अनुसन्धानका लागि पौरस्त्य विद्वान्का कृतिलाई नै आधार मान्दै संस्कृत भाषावाङ्मयलाई सम्मानपूर्ण दृष्टिल हेर्न थालेका छन् । 


३ कविकुलगुरु कालिदास
 संस्कृत साहित्यपरम्परामा आफ्ना सिर्जना प्रस्तुत गर्ने स्रष्टाहरू मध्ये नाटककार, महाकवि कालिदास शीर्ष स्थानमा आउँछन् । यिनलाई अन्य भाषासेवीहरू संस्कृत कविका रूपमा चिन्दछन् । यिनले संस्कृत साहित्यका महाकाव्य, खण्डकाव्य, नाटक जस्ता लोकप्रिय विधामा आºना कृतिहरू दिएर पौरस्त्य साहित्यलाई ठुलो गुन लगाएका छन् । कालिदासको सफलता प्राप्त काव्य विधाका रूपमा नाट्यविधालाई नै लिइन्छ । किनकि समालोचकले यिनको नाटक अभिज्ञानशाकुन्तलको मुक्तकण्ठले प्रशंसा गरेको पाइन्छ । यिनका कृतिहरू केवल साहित्यिक कलाले पूर्ण मात्र छैनन्, विभिन्न सामाजिक, व्यवहारिक, राजनैतिक आदि विषयसंबद्ध ज्ञानगुठरीले ओतप्रोत पनि छन् । तसर्थ संस्कृत साहित्यमा सर्वाधिक चर्चामा रहेको कालिदासको नाट्यकृति अभिज्ञानशाकुन्ततका सुभाषित उक्तिहरूको विवेचन यस लघुलेखको मुख्य उद्देश्य बनाइएको छ । 


४. अभिज्ञानशाकुन्तल 
 प्रस्तुत नाटकलाई कालिदासका कृतिहरूमध्ये सर्वाधिक चर्चित कृति मानिन्छ । त्यसैले समालोचकहरू ‘कालिदासस्य सर्वस्वमभिज्ञानशकुन्तलम्’ अर्थात् कालिदासको सर्वस्व नै अभिज्ञान शाकुन्तल हो, भन्दछन् । अभिज्ञान शाकुन्तलका वैशिष्ट्यहरूको अध्ययन गर्दा उक्त भनाइलाई समर्थन गर्न कुनै आपत्ति हुँदैन । महाभारतको शकुन्तलोपाख्यानमा आधारित कथावस्तुलाई आफूले रचना गर्न चाहेको शृङ्गार रसको अनुकूल बनाउन ठाउँ–ठाउँमा परिवर्तन गरी मौलिकता प्रदान गर्दा नाटक साँच्चै नै प्रशंसनीय बन्न पुगेको छ । मूल कथामा नायक दुष्यन्त धीरोदात्त प्रकृतिको छैन । नायिका शकुन्तलाले पनि आफ्नो सन्तानले राजगद्दी पाउने भए मात्र विवाह गर्ने सर्त राख्छिन् । यस्तो कथाप्रसङ्ग शृङ्गार रसका लागि बाधक हुने देखेर नायकलाई धीरोदात्त बनाउन रिसाहा ऋषि दुर्वासाको श्रापसम्बन्धी प्रसङ्ग र नायिकालाई तदनुकूल बनाउन उनमा मुग्धा नायिकाका गुणहरू समावेश गरेर कालिदासले कथालाई आकर्षक बनाएका छन् । नाटकमा वर्णित प्रसङ्गहरू निकै मर्मस्पर्शी छन् । दुष्यन्त र शकुन्तलाको प्रणय, छोरीको विदाइ, राजाको कर्तव्यनिष्ठता, शकुन्तलाको वियोगमा राजाको प्रणयविह्वलता, औंठीको उपलब्धता जस्ता कथाप्रसङ्ग नाटकलाई उत्कर्षता दिलाउने हेतुहरू हुन् । यस नाटकको उत्कृष्टतालाई देखेर विवेचकहरू विभिन्न किसिमका प्रशंसावाक्यले अभिज्ञानशाकुन्तलको प्रशंसा नगरिरहन सक्दैनन् । ‘काव्येषु नाटकं रम्यं तत्र रम्या शकुन्तला’ (काव्यका विधाहरूमा नाटक राम्रो हुन्छ, त्यस विधामा रचिएका कृतिहरूमा पनि ‘अभिज्ञान शाकुन्तल’ राम्रो छ) ‘ऐश्वर्यं यदि वाञ्छसि प्रिय सखे ! शाकुन्तलं सेव्यताम्’  (साथी हो ! जीवनमा वास्तविक ऐश्वर्य (आनन्द) प्राप्त गर्नु छ भने अभिज्ञान शाकुन्तल नाटकको सेवा (अध्ययन÷मनन÷चिन्तन) गर) यस्ता समालोचकका प्रशंसा वाक्यहरूले पनि अभिज्ञान शाकुन्तलको उत्कृष्टतालाई पुष्टि गर्दछन् । 


४.१ सूक्ति (सुभाषित उक्ति)
कविकुलगुरु कालिदास समाज, व्यवहार र राजनीतिमा प्रचलित शिक्षाप्रद विषयलाई अर्थान्तरन्यास अलङ्कार वा नाटकमा उपस्थापित चरित्रका संवादका माध्यमबाट काव्यमा वर्णित पदार्थलाई प्रमाणित वा पुष्टि गरी विश्वासयोग्य बनाउनाका साथै पाठकहरूलाई दैनिक जीवनका लागि प्रेरक ज्ञान प्रदान गर्न सक्षम छन् । यस्ता लोकप्रसिद्ध प्रेरणाप्रद ज्ञानका मीठा प्रस्तुतिलाई नै सूक्ति वा सुभाषित उक्ति भनेर बुझिन्छ । कालिदासका कृतिको महत्वपूर्ण विशेषता मध्ये सूक्तिमयता पनि एक हो । यिनका सबैजसो कृतिमा लोकव्यवहारलाई शिष्ट र नैतिकवान् बनाउन प्रेरणा प्रदान गर्ने खालका सुभाषित उक्तिहरूको भण्डारै पाइन्छ । सबै कृतिमा रहेका सुभाषित उक्तिको अध्ययन वृहत्तर बन्ने हु“दा यस लघुलेखमाा कालिदासीय अभिज्ञानशाकुन्तलमा अभिव्यक्त सूक्तिसौन्दर्यलाई मात्र विषय बनाइएको छ ।


४.१.१ सूक्ति शब्दको अर्थ   
 सु+उक्ति अर्थात् राम्रो भनाइ सामान्य अर्थ भएको यस शब्दलाई नेपाली शब्दकोशले यसरी अर्थ्याएकाे छ — १. मधुर वचन, मीठो बोली २. महान् वाणी, आप्त वचन ३. ज्ञान र उपदेशयुक्त भनाइ ४.उल्लेखनीय वा उद्धरणीय पङ्क्ति । (बराल र अरु, २०५२ ः १३६७) यसबाट निष्कर्षमा के बु¤न सकिन्छ भने सकारात्मक उद्देश्य अन्तर्निहित, ज्ञानप्रद वा उपदेशमूलक भनाइ, जसले पाठक वा श्रोतालाई केही न केही प्रभाव वा प्रेरणा मिलोस्, त्यस्तो अभिव्यक्ति नै सूक्ति हो । 


४.१.२ सूक्तिका विशेषता 
 सूक्ति अर्थात् सुभाषित उक्ति कुनै पनि भाषा÷वाङ्मयको गहना हो । जुनसुकै भाषाको भए पनि सूक्ति सबैका लागि प्रेरक बन्दछ । साहित्यकार, वैज्ञानिक, सिद्धपुरुष, राजनीतिज्ञ जस्ता व्यक्तित्वले आफूले आफ्ना कार्यक्षेत्रमा प्राप्त गरेका सफलता वा असफलताका अनुभवबाट सबैका लागि कुनै पनि काममा सफल हुने प्रेरणा वा असफलताबाट सजक गराउने चेतावनीमूलक भनाइहरू अभिव्यक्त गर्दछन्, तिनै सारपूर्ण÷भावपूण भनाइलाई सूक्ति भनिन्छ । यस्ता भनाइले कतिपय मानिसका जीवनमा आमूल परिवर्तन ल्याएका उदाहरण पनि पाइन्छन् । आफूले गर्न खोजेको काममा असफलता प्राप्त हुँदा व्यक्तिमा आउने निराशा, कुण्ठा, विक्षिप्तता जस्ता कमजोरीले अलमलिएकालाई कुनै सफल व्यक्तिको अनुभवपूर्ण भनाइले सकारात्मक बाटो देखाउन सक्छ । सबैमा सकारात्मक प्रभाव पार्ने भएकैले यस्ता सारगर्भित भनाइलाई शिक्षालय, वाचनालय, बैठक कोठा, पाटीपौवा, यात्रु प्रतीक्षालय, जस्ता सार्वजनिक स्थलमा लिपिबद्ध गरी राखिएको हुन्छ । उदाहरणका लागि केही सूक्ति यहा“ प्रस्तुत गरिन्छ -


आवश्यकता भन्दा बढी सञ्चय गर्ने चोर समान हुन्छ,   : श्रीमद्भागवत्
 निराशा मुर्खहरूको निष्कर्ष हो,   : इटालियन कवि दा“ते 
 निर्दोष हृदयलाई भयभीत पार्न सजिलो हुन्छ  ः सेक्सपियर 
 घडा भरिएपछि शब्द र पूर्णज्ञानपछि साम्प्रदायिकता बन्द हुन्छ  ः  स्वामी विवेकानन्द
 खल्ती रिक्तो हु“दा आत्मा दिलकारी हुन्छ  ः भिक्टर ह्युगो 
 राजनैतिक पार्टीका आफूलाई हेर्ने आँखा हुँदैनन्  ः हेनरी क्ले 
 काम योजनाबाट होइन सङ्कल्पबाट आरम्भ गर्नु पर्छ  ः फ्लोरेन्स नाइटिङ्गेल 
 अभिभावकबाट अस्वीकृत स्वतन्त्रताको परिणाम दुषित हुन्छ  ः कालिदास 


माथि उल्लिखित सुभाषित उक्तिहरू कुनै न कुनै रूपमा मानवजीवनसँग सम्बन्धित छन् । यी सुविचारले जीवनको वास्तविकता बयान गर्दछन् । आफूले भोगेका, अनुभव गरेका कुरामा आधारित अभिव्यक्तिबाट विद्वान्हरू जनसाधारणलाई सन्मार्ग देखाउन चाहन्छन् । ईश्वरको सबैभन्दा महत्वपूर्ण सृजनालाई बिग्रन दिनु हुँदैन, उनीहरूलाई वास्तविकता बोध गराई सिर्जनाको बाटो देखाउनु पर्छ, भन्ने मनसायले नै सर्जक÷साधकहरू आफ्ना गरिमामय वचनामृतले पछि आउने पिंढीलाई नवजीवन दिन चाहन्छन् । यस्तै भावपूर्ण अभिव्यक्तिलाई नै सूक्तिका रूपमा सम्मानका साथ स्वीकार्ने गरिन्छ ।
यस सारपूर्ण विशेषताका आधारमा हेर्ने हो भने कालिदासका सम्पूर्ण कृतिमा विभिन्न विषयस“ग सम्बन्धित ज्ञानगर्भित भनाइ पाइन्छन् । जसबाट पाठकले केही न केही ज्ञान वा शिक्षा लिन सक्छन् ।


४.१.३ अभिज्ञान शाकुन्तलका सुभाषित उक्तिहरू

४.१.३.१ अत्यारूढिर्भवति महातामप्यपभ्रशनिष्ठा 
 नेपाली रूपान्तरण ः जतिसुकै धनसम्पन्न, शक्तिवान्, बलशाली व्यक्तित्व भए पनि उसले प्राप्त गरेको उच्च पद÷प्रतिष्ठा पतनशील हुन्छ, चिरस्थायी हु“दैन । 
 प्रस्तुत सूक्ति नेपालको समसामयिक सन्दर्भमा ज्यादै मेल खाने देखिन्छ । यहाँ शक्तिको पराकाष्ठा प्राप्त गरेको राजसंस्थाको अवसान भई राजाहरूले सामान्य नागरिक बन्नु पर्यो । प्रधानमन्त्री, मन्त्रीका साथै स्थायी सरकारका वरिष्ठ सदस्यहरूले पनि पद÷प्रतिष्ठामा रह“दा गरेका कुकृत्य सामान्य नागरिक भएर भोग्नु परिरहेको यथार्थ हाम्रै अगाडि स्पष्ट भएकै छ । प्रस्तुत सुभाषित उक्तिको मनन गर्दा जो कोहीलाई यस्ता उदाहरणले अवश्य घच्घच्याउ“छ । त्यसैले उच्च पद÷प्रतिष्ठा प्राप्त गरेका व्यक्तित्वलाई शक्तिको मदले मत्त भई आफ्नो धरातल बिर्सनु हुँदैन, भन्ने सचेतना यस सूक्तिले दिन सक्छ । यस सन्दर्भमा यस्तै आशय भएको सुभाषित उक्ति कविशिरोमणि लेखनाथ पौड्यालद्वारा अभिव्यक्त छ ः 


कसैको लोकमा छैन एकैनास समुन्नति ।
अरुको के कुरा हेर सन्ध्यामा सूर्यको गति ।। (नैतिक दृष्टान्त) 


४.१.३.२ अप्रतिहतं चापल्यं दहति
 नेपाली रूपान्तरण ः कसैबाट अस्वीकृत वा अनियन्त्रि चञ्चलता स्वतन्त्रताले जलाउँछ, मनमा पीडा दिन्छ ।
 हाम्रो समाजमा पाश्चात्य परिवेश भित्रिने क्रममा यस्ता उच्छृङ्खलित स्वतन्त्रता पनि भित्रिएका छन् । जसमा नयाँ पुस्तालाई अभिभावकको स्वीकृति चाहिँदैन । तात्कालिक रूपमा त्यस्तो स्वतन्त्रताले क्षणिक आनन्द त दिन्छ, तर धेरैजसो परिणाम कहाली लाग्दा हुन्छन् । जुन परिणामले ऊ स्वयंलाई त क्षति भयो भयो परिवार, इष्टमित्र, समाज आदि सबैलाई नकारात्मक प्रभाव पार्दछ । यस सन्दर्भमा प्रस्तुत कालिदासीय सूक्तिले युुवा पुस्तालाई सही निर्णय लिन प्रेरणा प्रदान गर्दछ ।


४.१.३.३ भवितव्यानां द्वाराणि भवन्ति सर्वत्र । 
  अवश्यम्भाविनोऽचिन्तनीयसमागमा भविष्यन्ति । 
नेपाली रूपान्तरण ः हुने कुराका हजार ढोका हुन्छन् । हुनै पर्ने छ भने न सोचेको पनि पुग्छ । 
 प्रस्तुत दुबै सूक्तिको कथ्य कुरा एउटै छ । दैव वा भाग्यले चाह्यो भने जतिसुकै गाह्रो काम जसरी पनि सम्पन्न हुन्छ । आधुनिक मानिस जो भाग्यमा विश्वास गर्दैनन्, तिनीहरूका लागि यो सूक्ति प्रयोजनपरक नभए पनि भाग्यमा विश्वास गर्ने ठूलो जनसमुदायलाई यसले धैर्य लिने प्रेरणा  लिन्छ । मानिस कुनै काम सोचे अनुसार सम्पन्न भएन भने निराश भई अरु काम पनि नगर्न सक्छ, उनीहरूका लागि भाग्यमा रहेनछ, त्यसैले भएन वा भाग्यमा थियो र पो भयो, जस्ता विचारले उसलाई धैर्य धारणको शक्ति मिल्छ । त्यस कारण पनि प्रस्तुत सूक्ति कर्मशील मानिसलाई मन बुझाउन वा धैर्य धारण गराउन उपयोगी बन्न सक्छ ।


४.१.३.४ उत्सर्पिणी खलु महतां प्रार्थना
 नेपाली रूपान्तरण ः महान् व्यक्तित्वको इच्छा÷प्रार्थना उध्र्वगामी अर्थात् अझ बढी उत्कृष्टताको खोजीमा हुन्छ । 
 प्रस्तुत सूक्ति झलक्क हेर्दा महान् व्यक्तिहरूको असन्तुष्टि रूपी दोषदर्शक देखिए पनि गहिरो चिन्तन गर्दा सकारात्मक लाग्दछ । यदि मानिस थोरै प्राप्तिले सन्तुष्ट हुन थाल्यो भने सिर्जना र खोजका काम अधुरा रहन सक्छन्, त्यसैले मानिसमा असन्तुष्टि हुनु राम्रो हो, तर यस्तो असन्तुष्टि सकारात्मक, समाजकल्याणकारक हुनु जरुरी छ । अतः महात्माहरू समाजकल्याणका लागि नयाँ नयाँ कुराको प्रार्थना वा इच्छा गरेर कहिल्यै थाक्दैनन्, उनीहरू उध्र्वगामी प्रार्थना निरन्तर अघि बढिरहन्छ, भन्ने आशयको यस सूक्तिले निष्क्रिय रहेका विद्वान्हरूलाई सकारात्मक प्रभाव पार्दछ ।


४.१.३.५ तमस्तपति घर्मांशौ कथमाविर्भविष्यति ।
 नेपाली रूपान्तरण ः सूर्य प्रकाशित हुँदाहुँदै अन्धकारको आगमन कसरी हुन्छ ? 
 प्रस्तुत सुक्ति पनि आलङ्कारिक रहेको छ । सूर्य समान सत्यवादी, कर्मशील, तेजवान्, शक्तिमान् शासकीय व्यक्तित्वको बोलवाला रहेको अवस्थामा अन्याय, अत्याचार, शोषण, थिचामिचो जस्ता अन्धकार समान दुःखकारक कुतत्वको उदय असम्भव छ, भन्ने आशयका लागि माथिको सूक्ति आएको छ । वास्तवमा सत्यता, सदाचार र न्यायको अस्तित्व हु“दासम्म असत्य, दुराचार र अन्यायको उपस्थितिको कल्पना पनि हुँदैन, तर त्यस्ता सत्पक्षको शक्ति कम हुन थाल्छ, अनि अन्धकार रूपी असत्पक्षले आफ्नो अस्तित्व देखाउन थाल्छ, भन्ने सूक्तिको मर्मले सबैलाई मानवीय शान्ति र सुखका लागि सत्पक्षकै साथ दिनु पर्छ भन्ने प्रेरणा प्राप्त हुन्छ ।


४.१.३.६  तेजोद्वयस्य युगपद्व्यसनोदयाभ्यां लोको नियम्यत इवैषदशान्तरेषु ।
 नेपाली रूपान्तरण ः सूर्य र चन्द्रको एकैचोटि उदय र अस्तको अवस्थाले जनसाधारणलाई अवस्था परिवर्तनको शिक्षा दिइरहेका छन् कि । 
 साधारण मानिसहरू वास्तविकता नबुझेर सुखमा मात्तिने र दुःखमा आत्तिने गर्दछन् । सुख र दुःख, उन्नति र अवन्नति जस्ता अवस्था मानिसको जीवनमा चक्रजस्तै घुमिरहन्छन् । कहिले हा“सो र कहिले रोदन त मानिसका जीवनको शाश्वत सत्य नै हो, तर मानिसहरू यस यथार्थलाई नबुझी सुख वा पदप्रतिष्ठा प्राप्त गरेका बेला कसैलाई नगन्ने, आफूभन्दा निम्न तहका मानिसलाई हेप्ने, दुःखसास्ती दिने जस्ता मदप्रेरित कार्यहरू गर्दछन्, अनि पदप्रतिष्ठामा फेरबदल आएपछि लज्जाको अनुभव गर्दछन् । त्यस्ता मान्छेलाई यस सूक्तिले सचेत हुने प्रेरणा दिन्छ । यस्तै भावको सूक्ति लेखनाथ पौड्यालको नैतिक दृष्टान्त कवितामा पनि पाउन सकिन्छ, जस्तै ः 


  कसैको लोकमा छैन एकैनास समुन्नति । 
  अरुको के कुरा हेर सन्ध्यामा सूर्यको गति ।।


४.१.३.७  बलवदपि शिक्षितानामात्मन्यप्रन्ययं चेतः ।
 नेपालीमा रूपान्तरण ः मानिस जति विद्वान् भए पनि आफ्नो कुनै पनि काम सफल नै हुन्छ, भन्ने विश्वास उसका मनमा हुँदैन, अर्थात् परिणामको प्रतीक्षा गर्नु पर्छ । 
 प्रस्तुत विद्वान् वा कुनै पनि काममा पारङ्गत व्यक्ति तर्पm लक्षित छ । विद्वान् वा कुनै तालिम प्राप्त व्यक्तिको सिर्जना सफलतापूर्वक सम्पन्न भए पनि त्यो उत्कृष्ट हुन्छ, भन्ने कुरामा उसलाई शतप्रतिशत विश्वास हुँदैन, जब पाठक÷श्रोता÷दर्शक÷विशेषज्ञले प्रशंसा गर्दछन्, तब मात्र ऊ आफू सफल भएको ठान्छ, अर्थात् जतिसुकै विशेषज्ञले पनि आफ्नाे काम वा कुरा सोह्रै आना ठिक, भन्नु उपयुक्त हु“दैन । यस कालिदासीय सूक्तिले विद्वान् वा विशेषज्ञलाई अहङ्कारी हुनबाट बच्ने प्रेरणा दिन्छ ।

 
४.१.३.८  सतां हि सन्देहपदेषु वस्तुषु प्रमाणमन्तःकरणप्रवृत्तयः ।
 नेपाली रूपान्तरण ः सज्जनहरू कुनै कुरामा शङ्का वा सन्देह लाग्दा मानसिक प्रवृत्ति अर्थात् मनले अह्राए अनुसार गर्दछन् । 
 कुरा अरुका सुन्नु काम आफूले गर्नु भन्ने नेपाली लोकोक्तिस“ग मिल्दो प्रस्तुत सूक्ति कुनै पनि काम गर्दा आउन सक्ने द्विविधा हटाउन प्रेरणा दिने किसिमको छ । सज्जनहरू कुनै काममा द्विविधा देखिँदा आफ्नै मनको आकर्षणलाई मार्गदर्शक मान्दछन्, जस कारण उनीहरू सफल पनि हुन्छन् । त्यसै गरी सबै जनसाधारणले द्विविधा पर्दा मनले अह्राएको गर्नु पर्छ, भन्ने प्रेरणा प्रस्तुत सुभाषित उक्तिले दिएको छ ।


४.१.३.९ विवक्षितं ≈यनुक्तमनुतापं जनयति ।
नेपाली रूपान्तरण ः भन्नै पर्ने वा भन्न मन लागेको कुरा भनिएन भने त्यसले पीडा मात्र थप्छ । 
 वास्तविकतालाई बयान गर्ने प्रस्तुत सूक्ति आप्mना अधिकार वा आफू अन्यायमा परेको व्यक्त गर्नु पर्छ, नभए त्यसले पीडा पैदा गर्छ, भन्ने आशयका कारण लोकतान्त्रिक मान्यता राख्दछ । वास्तवमा आफूलाई परेका भेदभाव, पिरमर्का, थिचोमिचो बाहिर व्यक्त गरेन भने शोषण, अन्याय अझ बढ्दै जान्छ र उसमा दुःख पनि थपिंदै जान्छ, तर उसले आपूmलाई परेका थिचोमिचो, अन्याय, भेदभाव जस्ता कुरालाई सार्वजनिक गर्दै गयो, आवाज उठाउँदै गयो भने अन्याय गर्नेका विरुद्ध जनसाधारणको घृणा, तिरस्कार भाव व्यक्त हुन्छ, कानुनी रूपमा पनि दण्डित भई उसले कुकृत्य गर्न छाड्छ । यसरी आफ्ना मनका कुरा व्यक्त गर्दा फाइदा छ, नगर्दा त्यसले पीडा दिन्छ, भन्ने प्रस्तुत भनाइ आधुनिक मान्यता अनुसार लोकतान्त्रिक विचारमा आधारित छ । 


४.१.३.१० स्निग्धजनसंविभक्तं दुःखं स≈यवेदनं भवति ।
 नेपाली रूपान्तरण ः आत्मीय मित्रलाई बाँढ्दा दुःख सहन सक्ने हुन्छ । 
 प्रस्तुत सूक्तिले पीडाग्रस्त व्यक्तिलाई सहानुभूति प्रदान गर्दछ । असह्य दुःख मानिसलाई सहन गाह्रो हुन्छ, कतिपय मानिसहरू त दुःखकै कारण आत्महत्यासम्म गर्न पुग्छन् । यसरी शुभचिन्तकहरूबाट लुकाएको दुःखले दुर्घटनासम्म हुन सक्छ । त्यस कारण दुःखलाई एक्लै सहनुभन्दा हितैषीहरूमा बा“ढ्दा अर्थात् सुनाउँदा उनीहरूबाट सहानुभूति प्राप्त भई दुःख सहन सक्ने अवस्थामा पुग्छ, भन्ने आशयको प्रस्तुत कालिदासीय सुभाषित उक्ति दुःखीहरूको उपकारक बनेर आएको छ ।


४.१.३.११  सर्वः खलु कान्तमात्मनं पश्यति ।
 नेपाली रूपान्तरण ः प्रायः सबै मानिसहरू आफैँलाई असल ठान्छन् ।  
 यस भावपूर्ण भनाइमा मानिसमा रहने स्वार्थीपन झल्किन्छ । मानिसको स्वभाव नै यस्तो हुन्छ कि ऊ आफूलाई मात्र असल ठान्छ । आफ्ना जतिसुकै गल्ती, कमजोरी भए पनि त्यो उसका लागि अदृश्य हुन्छ । आफूलाइ हदभन्दा ज्यादा असल मान्ने र अरुलाई वास्तविकता जति पनि योग्य नस्वीकार्ने प्रवृत्ति सबैमा हुन्छ । यसबाट मानिसले आफूमात्र असल हुँ, भन्ने घमण्ड त्याग्नु पर्छ, भन्ने सन्देश प्राप्त हुन्छ । आफ्नो आङ्को भैसी पनि नदेख्ने अरुको आङ्को जुम्रा पनि देख्ने भन्ने नेपाली लोकोक्तिको आशय यस सुभाषित भनाइसँग मेल खान्छ ।


४.१.३.१२  भवन्ति नम्रास्तरवः फलोद्गमै–र्नवाम्वुभिर्दूरविलम्विनो घनाः । 
          अनुद्धताः सत्पुरुषाः समृद्धिभिः स्वभाव एवैष परोपकारिणाम् ।।
नेपाली रूपान्तरण ः मानिसको हितका लागि वृक्षहरू फल फलेपछि नुहेर नजिक आउँछन्, पानी भरिएका वर्षा गराउने मेघ पनि नजिक आउँछन्, सत्पुरुषहरू पनि समृद्धि वा ऐश्वर्य प्राप्ति हु“दा अरुलाई सहयोग गर्न विनम्र हुन्छन्, यस्तो अर्थात् अरुलाई भलाइ गर्ने काम परोपकारीहरूको स्वभावै हो ।    

यसमा अचेतन पदार्थका स्वभावको दृष्टान्त दिएर सत्पुरुष, सज्जनको परोपकारी स्वभावलाई प्रस्तुत गरिएको छ । यसबाट वृक्ष र मेघ जस्तै सज्जनहरू अर्काको भलाइमा लागि रहन्छन् । त्यसैले सज्जनको जस्तो सबैको आचरण हुनु पर्छ, भन्ने सन्देश प्राप्त हुन्छ ।


४.१.३.१३ अनतिक्रमणियानि श्रेयांसि
 नेपाली रूपान्तरण ः आफ्ना लागि कल्याणकारक वस्तु छ भने त्यसलाई ग्रहण गरिहाल्नु पर्छ, छाड्नु हुँदैन । 
 प्रस्तुत सूक्ति मानवीय जीवनका लागि शिक्षाप्रद रहेको छ । राम्रा र उपयोगी वस्तु बारबार भेटि“दैनन्, भेटेका बेला लिन भुल्नु हुँदैन, किनकि असल र उपयोगी वस्तु कसैले छाड्दैनन् । मानिसको स्वार्थी व्यवहार यस्तो हुन्छ कि ऊ सजिलै प्राप्त भएका असक वस्तु छाड्दैन तर गाह्रो, अप्ठ्यारो, आफ्ना लागि खासै उपयोगी नभएको कुरा हत्तपत्त लि“दैन । त्यसैले सज्जनहरू यस्तो भुल गर्न सक्छन्, भनेर यस सुभाषित उक्तिले सचेत बनाउन खोजेको छ । काम छोडी आफूलाई खान छोडी अर्कालाई भन्ने लोकोक्ति पनि यसै आशयमा आधारित रहेको देखिन्छ । 


४.१.३.१४ अर्थो हि कन्या परकीय एव । उपयन्तुर्हि दारेषु प्रभुता सर्वतोमुखी

नेपाली रूपान्तरण ः कन्या आर्काकै सम्पत्ति हो । पत्नीमा विवाह गर्ने पतिकै सार्वभौम अधिकार हुन्छ । 
 माथिका दुबै सूक्ति आधुनिक, लोकतान्त्रिक मान्यताका विरोधी देखिन्छन्, तथापि परम्परावादीहरूका परम्परागत मान्यता अनुसार त्यति गलत छैनन् । जतिसुकै आधुनिक र समानताका पक्षपातीहरूकै व्यवहारमा पनि विवाहपछि कन्याले पतिकै घर जानु पर्ने अवस्था रहिरहेकैले कन्या अर्काकै सम्पत्ति हो भन्ने सूक्तिको पुष्टि गर्दछ, तर दोस्रो सूक्तिको आशय चाहिँ अहिले बदलिएको छ । कुनै कारणले पत्नी पतिस“ग बस्न नसके अलग हुने कानुनी उपचार रहेकाले पत्नीमाथि पतिको एकाधिकारभन्दा पनि समन्वयात्मक सम्बन्धको विकास भइसकेको छ । जे होस् परम्परागत मान्यतालाई बुझ्न भए पनि प्रस्तुत सूक्ति उपयोगी नै छ । 


४.१.३.१५  किमिव हि मधुराणां मण्डनं नाकृतीनाम् । सर्वावस्थासु रामणीयकमाकृतिविशेषाणाम् ।
 नेपाली रूपान्तरण ः राम्रो, आकर्षक रूप वा आकृति भएका व्यक्तिलाई के पो गहना हुँदैन र ! अर्थात् राम्रा, नराम्रा सबै वस्तु गहना हुन्छन् । राम्रो र आकर्षक आकृति जुनसुकै अवस्थामा रमणीय नै हुन्छ । 
 माथिका दुबै सूक्तिले शाश्वत कुरा अभिव्यक्त गरेका छन् । राम्रो आकृति त्यसै पनि राम्रै हुन्छ, त्यसलाई गरगहनाको आवश्यकता पर्दैन, त्यसैले त्यसमा जस्तो वस्तु सजाए पनि आकर्षक नै देखिन्छ । यस सुभाषित उक्तिले सौन्दर्यको प्रशंसा गरेको छ । रूप राम्रो छ भने मानव जीवनमा गरगहनाको खासै महत्व हुँदैन, भन्ने प्रस्तुत पदार्थका माध्यमबाट कालिदासले आफ्नो काव्यिक वैशिष्ट्य पनि अभिव्यक्त गरेका छन् । वास्तवमा काव्यको आन्तरिक र बाह्य संरचना मिलेको छ, भावपूर्ण छ भने त्यस्तो काव्यका लागि अलङ्कार जस्तो भए पनि वा नभए पनि काव्य आकर्षक र ह्दयाह्लादक नै हुन्छ । ‘एक तिर दो सिकार’ भने झैँ प्रस्तुत सूक्तिले मानवीय सौन्दर्य र काव्य सौन्दर्यको वास्तविकतालाई एकै पटक बुझाएको छ ।


४.१.३.१६  अहो कामी स्वतां पश्यति । 
 नेपाली रूपान्तरण ः कामुक व्यक्ति आफ्नो अनुकूल मात्र सोच्छ । 
 प्रस्तुत सूक्ति प्रेमविषयक रहेको छ । मानिस आफूले जसलाई प्रेम गर्छ, त्यसले गरेका क्रियाकलाप जस्तासुकै भए पनि आफ्नै लागि गरिएका हुन्, भन्ने ठान्छ, जस कारण प्रेम वास्तविक प्रेम नभएर विकृति बन्न जान्छ । आधुनिक समयमा यस्तो प्रेमलाई एकतर्फी प्रेम भन्ने गरिन्छ । प्रेमको  एक पात्रलाई नै थाहा नहुने यस्तो प्रेम वास्तविक प्रेम होइन, यो त प्रणय सम्बन्धको विकृति मात्र हो । यस किसिमको अवास्तविक प्रेमले विभिन्न दुर्घटना निम्त्याइरहेको वर्तमान अवस्थामा प्रस्तुत सुभाषित उक्ति आधुनिक प्रेमी, प्रेमिकालाई सचेत रहने प्रेरणा दिन्छ ।  


४.१.३.१७  छाया न मूच्र्छति मलोपहतप्रसादे शुद्धे तु दर्पणतले सुलभावकाशा ।।
 नेपालीमा रूपान्तरण ः ऐना धुलाले भरिएको छ भने छाया देखि“दैन, जब धुलो हटाइन्छ, तब मात्र आकृति स्पष्ट देखिन्छ ।
 प्रस्तुत सूक्तिको पदार्थ अप्रस्तुत रहेकाले यसबाट व्यञ्जित हुने प्रस्तुत पदार्थ मात्र सूक्तिका रूपमा प्रयुक्त हुन्छ । यदि मानिसको मन नै मैलो छ भने त्यसमा कुनै पनि कुरा अस्पष्ट वा विपरीत नै हुन्छन् । जब उसले मनको मैलो रूपी अज्ञानता हटाउँछ, तब मात्र उसमा यथार्थ कुरा स्पष्ट हुन्छन् । अर्थात् मानिसले वास्तविकता बुझ्न मनको मैलो हटाउनु पर्छ । यसबाट सामान्य मानिसलाई मनमा कलुषित भावना राख्नु हुँदैन, मन स“धै सफा राख्नु पर्छ, अनि मात्र वास्तविकताको ज्ञान भएर आफूबाट कुनै अनर्थ हुँदैन, भन्ने सन्देश पाउन सकिन्छ ।   


निष्कर्ष÷उपसंहार  
 मानव प्रकृतिको सुन्दर सृष्टि हो । यसलाई सुन्दर बनाउने मूलभूत तत्व चाहिँ शिक्षा हो । शिक्षाका अभावमा मानव पनि पशुतुल्य हुन्छ । शिक्षाले नै मानवलाई सदसत्को ज्ञान दिन्छ । विद्या विनाको मानिस पुच्छर विनाको पशु तुल्य हुन्छ, भन्ने नीतिले पनि मानव जीवनमा शिक्षाकाे महत्वलाई प्रकाश पार्दछ । शिक्षाकाक विभिन्न स्वरूपहरू हुन्छन् । राजनीति, अर्थनीति, आयुर्वेद, योग आदि विभिन्न शिक्षाका प्रकार जस्तै नैतिक शिक्षाकाे पनि एक हो । यो शिक्षाले मानव समुदायलाई अन्य शिक्षा ग्रहण गर्ने प्रेरणा दिन्छ । नैतिक शिक्षा दिने विभिन्न तरिका हुन्छन् । सफल व्यक्तित्वका सारपूर्ण भनाइ, लेख÷रचना, साहित्यिक रचनामार्फत् पनि नैतिक शिक्षा दिइएको हुन्छ । यी मध्ये माननीय व्यक्तित्वका भनाईले मानिसलाई सोदाहरण नैतिक शिक्षा दिइरहेको हुन्छ । यस्ता महान् व्यक्तित्व मध्ये कतिले सामान्य अभिव्यक्ति मार्फत् प्रकट गरेका हुन्छन् भने साहित्यिक व्यक्तित्वले आफ्ना कृति मार्फत् सुभाषित उक्तिका रूपमा नैतिक कुराहरू व्यक्त गरेका हुुन्छन् । 


 संस्कृत साहित्यका सबैजसो कृति सूक्तिमय देखिन्छन् । त्यसमा पनि कालिदास त संस्कृतका शिरोभूषण नै हुन्, अतः उनका कृति अझ बढी प्रेरणाप्रद छन् । तिनमा पनि अभिज्ञानशाकुन्तलमा सबै क्षेत्रका सूक्तिहरू रहेकाले यसलाई ज्ञानको भण्डार नै मानिन्छ । यस कृतिमा सामाजिक, राजनैतिक, शैक्षिक, धार्मिक जस्ता सबैजसो मानवीय सरोकारका क्षेत्रलाई सङ्केत गर्ने सुभाषित उक्ति पाइन्छन् । यसै कारण ‘मानवीय जीवनको सम्पूर्णता पाउनुु छ भने कालिदासको अभिज्ञानशाकुन्तलको अध्ययन गर्नुपर्छ’ भन्दै समालोचकहरू यस कृतिको प्रशंसा गर्दछन् । अभिज्ञानशाकुन्तलका सबै सुभाषित उक्तिहरू यस लघुलेखको परिधिमा समेटिंदैनन्, तापनि केही मुख्य प्रेरक सूक्तिको चर्चा गरिएको छ । जसबाट पाठकलाई केही लाभ होला भन्ने आशा लिएको छु । अस्तु ।


सन्दर्भ—सूचि
१. अधिकारी टीकाराम, कालिदास, काठमाडौं ः साझा प्रकाशन, वि. सं. २०५० । 
२. उपाध्याय रामजी, संस्कृतसूक्तिरत्नाकर, वाराणसी ः चौखम्बा विद्याभवन, सन् १९९५ । 
३. कालिदास, अभिज्ञानशाकुन्तलम्, वाराणसी ः चौखम्बा कृष्णदास अकादमी, सन् २०११ ।
४. बराल ईश्वर र अरु, नेपाली बृहत् शब्दकोश, काठमाडौं ः ने. रा. प्र. प्र., वि.सं. २०५२ । 
५. शर्मा शिवराज, (अनु. सागरमणि सुवेदी), कालिदास र देवकोटा, धरान ः वाङ्मय समाज, वि.सं. २०७० । 

प्रस्तुत लेख नेपाल पत्रिकामा पनि याेभन्दा पहिले प्रकाशित भइसकेकाे छ ।

तपाईको प्रतिकृया कस्तो छ?

like
4
dislike
0
love
0
funny
0
angry
0
sad
0
wow
0
विज्ञापनक्षेत्रम्
विज्ञापनक्षेत्रम्